मुख्य समाचार

मुलुकबाहिर रहेका ९० लाख नेपाली नागरिकसहित लगानी भित्र्याउन विशेष नीति लागू गर्छौंः काँग्रेस सहमहामन्त्री राणा

काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले राजनीतिक र नीतिगत स्थीरता बिना मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसकिने बताउनुभएको छ ।
पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बनेको खण्डमा मुलुकको अर्थतन्त्र चलायमान बनाउन नीतिगत स्थीरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालका बैंकहरुमा तरलता भएपनि सर्वसाधारणले सहज रूपमा ऋण पाउने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले लगानीसँगै मुलुकबाहिर रहेका ९० लाख नागरिकलाई स्वदेश फर्काउन पार्टीले विशेष नीति र कार्यक्रम लागू गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेरो पनि जिम्मेवारी हुन्छ । अहिले पनि ९० लाख नेपाली नागरिक देश बाहिर रहेका छन् । उनीहरुलाई नेपाल फर्काउनको लागि चुट्कि बजाएर हुदैन। हामीले मुलुकको अर्थतन्त्रमा आमुल परिवर्तन गर्नुपर्छ । त्यसको लागि हामीले लगानी पनि नेपालमा ल्याउनुपर्छ र निजी क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ । नेपालका बैंकहरुमा पैसा छ तर नेपालीहरुले त्यो पैसाको प्रयोग गर्न पाएका छैनन् । नेपालमा सबैभन्दा ठुलो समस्या भनेको स्थीरताको समस्या हो । एउटा सरकार आउँछ एउटा कुरा लाद्छ । अबको चुनावपछि हामी सरकारमा आएपछि कर संरचना पाँच वर्षसम्म परिवर्तन हुदैन यो नेपाली काँग्रेसको कमिटमेन्ट हो । यति गर्न सकियो भने लगानीकर्ताहरुलाई आफ्नो टाइम स्पेन्ट गर्न पनि पाइन्छ ।’

उहाँले कर संरचनामा स्थिरता कायम गर्नसके लगानीकर्ताले दीर्घकालीन योजना बनाएर काम गर्न सक्ने वातावरण बन्ने समेत जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निलम्बनमा एन्फा

निलम्बनमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति...

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बुधवार निर्वाचन आयोगले आयोजना...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...