एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ।
उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँनुहुँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।
पूर्वमेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको...
भदौ २३ पछि भदौ २४ भएको हो : रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले भदौ २३ को घटनापछि भदौ २४ गतेको विध्वंस भएको बताएका छन्।आइतवार काठमाडौँमा...
बसबाट खसेर वृद्धाको मृत्यु
काठमाडौँ। काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर वृद्धाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख...
सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्योः मन्त्री इङ्नाम
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा। डा। कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू...




