भदौ २३ पछि भदौ २४ भएको हो : रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले भदौ २३ को घटनापछि भदौ २४ गतेको विध्वंस भएको बताएका छन्।आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले यस्तो बताउनुभएको छ।
जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो।
भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिएको उनले आशंका गर्नुभयो। भट्टराईले केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाउनुभयो।
उहाँले भन्नुभयो, ‘यो सरकार, छानबिन समिति र एमालेबीच कुनै बार्गेनिङ पो छ कि? निर्वाचनभन्दा अगाडि छानबिन प्रतिवेदन आयो भने तिनै नेता दोषी देखिने भएको कारण प्रतिवेदन सार्वजनिक भइरहेको छैन। भाद्र २३ पहिला आएको भन्ने कुरा हामीले बिर्सिनु हुँदैन।’
उहाँले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको...
एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व...
बसबाट खसेर वृद्धाको मृत्यु
काठमाडौँ। काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर वृद्धाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख...
सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्योः मन्त्री इङ्नाम
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा। डा। कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू...




