घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ।
काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ।
आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुईजनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो। दुवैजनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भदौ २३ पछि भदौ २४ भएको हो : रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले भदौ २३ को घटनापछि भदौ २४ गतेको विध्वंस भएको बताएका छन्।आइतवार काठमाडौँमा...
एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व...
बसबाट खसेर वृद्धाको मृत्यु
काठमाडौँ। काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर वृद्धाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख...
सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्योः मन्त्री इङ्नाम
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा। डा। कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू...




