मुख्य समाचार

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले पनि छाडे रास्वपा, कांग्रेसमै फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्। आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन्। प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए। मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन्।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने, ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, ‘पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’

सम्बन्धित समाचार

संस्थापक भण्डारीको पुनरागामनपछी फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

संस्थापक भण्डारीको पुनरागामनपछी फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

दोलखा। नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी ९एमाले० दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन । उनकी श्रीमती कल्पना भण्डारी...

अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा...

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी...