मुख्य समाचार

दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो। प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ।

आदेशमा भनिएको छ, ‘जिल्ला प्रहरी परिसर काठमाडौँको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२-११-०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू।’

अदालतले यही मंलबारका लागि विवादमा सुनुवाइ तय गरेको छ। प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो। सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

सम्बन्धित समाचार

‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति

‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति

काठमाडौं। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी ‘वाचापत्र (घोषणापत्र) मा...

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले एमालेको पहिलो प्राथमिकता देश...

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा

काठमाडौँ। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । सिरहाको गोलबजारमा आयोजित...

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि...