कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने
काठमाडौँ। नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो ।
ती चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने छन् ।
उपसभापति भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । भुसालले फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको रातोपाटीलाई जानकारी दिनुभयो। त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । यसअघि नै काठमाडौँमा फागुन १७ गते चुनावी सभा गर्ने तय भएको छ ।
कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको उपसभापति भुसालले जानकारी दिनुभयो । ‘प्रदेशगत रूपमा ठुला चुनावी सभा गर्ने हाम्रो तयारी हो । अब कोशी र सुदूरपश्चिममा कहिले सभा गर्ने भन्ने टुंगिन बाँकी छ,’ भुसालले भन्नुभयो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’
चितवन । जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।...
उपचारका लागि रकम पुगेपछि साम्बाको अनुरोध, `सहयोग रोकिदिनुहोस्´
काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने समर्थकलाई धन्यवाद दिँदै सहयोग रकम रोकिदिन...
उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको ‘एनडीपी’ सञ्चालनमा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल...
अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...




