झुलाघाट नाका तीन दिन बन्द हुने
बैतडी । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ ।
मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो ।
जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो।
गत चुनावका समयमा ७२ घण्टा सीमानाका बन्द गर्ने गरिन्थ्यो । अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ ।
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
सम्बन्धित समाचार
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान...
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
काठमाडौं। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त हुनुभएको छ। शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा...
राष्ट्रियसभाका राम्रा गतिविधि सञ्चारमाध्यममा आएनन् : उपाध्यक्ष घिमिरे
काठमाडौँ। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाका राम्रा गतिविधिलाई सञ्चारमाध्यमले कम प्राथमिकता दिएको भन्दै गुनासो गर्नुभयो। फागुन २० गतेदेखि बिदा...
बढ्यो नेप्से
काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...




