उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको हो । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउनु भयो । खानेतेलदेखि मरमसलासम्मका उद्योग यहाँ भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको उहाँको भनाई छ । नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल–बल्ल फ्याक्ट्री खुलिहालेपनि चलाउन थालेपछि चन्दा आतंक शुरु हुने गरेको उहाँले बताउनु भयो । अब चन्दा आतंक बन्द हुने उहाँको दाबी छ । उहाँले पुर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
पूर्वी तराईका चार जिल्लामा पूर्ण रूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने उहाँको दाबी छ । उहाँले पूर्वी पहाडमा उत्पादन भएको कृषि उपजलाई तराईमा लैजाने बताउनुभयो । साहले पूर्वका धार्मिक तथा सांस्कृतिक स्थलहरू—मुकुलुङ र खुवालुङ—लाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चिया ईलामको खानुभयो, खाना बोर्डर पारीको खानुभयो । तपाईहरुले तेह्रथुम, पाँचथरको तरकारी खान पाउनुभएको छैन । हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारी यही तपाईमा खाना पाइएको छैन । यो दुखदको कुरा हो । यो दुखको समाधान गर्नुपर्छ, त्यसको समाधान गर्ने पार्टी बन्न चाहन्छ, रास्वपा । पुर्वी तराईका ४ वटा जिल्लामा पूर्ण रुपमा धान उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्छ । तर विडम्बना यही खान पुगेको छैन । यो दु:खलाई समाधान गर्नुपर्छ । हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ । किराँतहरुको आस्थाको केन्द्र मुकुलुङ, खुवालुङ जस्ता ठाउँहरुलाई ७७ वटै जिल्लाका नेपालीले आस्था राख्न पाउन् । समस्याहरु धेरै छन्, समस्या पनि यही छ । समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ, हाम्रो पार्टीले । देशकै पहिलो उद्योग कलकारखाना भएको ठाउँ हो । यहाँनेर खानेतेलदेखि मरमसलाका फ्याक्ट्री, उद्योगहरु छन् । तर जुन बेलामा ती उद्योगहरु खुले, त्यसपछि नयाँ उद्योगहरु खुलेका छैनन् । नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ । त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक शुरु हुन्छ, अब त्यो पर्दैन । त्यो पर्नेपरि व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ।’
उहाँले पूर्वी क्षेत्रमा सिंचाई, खानेपानी लगायतका व्यवस्था गर्ने पनि बताउनु भयो । उहाँले उदयपुरलाई इण्डोनेसिया वाली र माल्दिभ्स जस्तो विकास गर्न सकिने दाबी गर्नुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...




