मुख्य समाचार

राष्ट्रियसभाका राम्रा गतिविधि सञ्चारमाध्यममा आएनन् : उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाका राम्रा गतिविधिलाई सञ्चारमाध्यमले कम प्राथमिकता दिएको भन्दै गुनासो गर्नुभयो।

फागुन २० गतेदेखि बिदा हुन लाग्नुभएकी घिमिरेले संसद्को गरिमा बचाउन र संघीयता कार्यान्वयनमा राष्ट्रियसभाले ऐतिहासिक भूमिका रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पत्रकारहरूले चर्का कुरा गर्ने, गाली गर्ने वा संसदीय मर्यादाबाहिर गएर बोलेका कुरालाई मात्र हेडलाइन नबनाउनुहोस्। कसले विषयवस्तुमा रहेर कामको कुरा गरेको छ, त्यसलाई पनि स्थान दिनुहोस्।’

उहाँले राष्ट्रियसभाले विधेयकहरूलाई अड्काएर नराख्ने र सरकारलाई घचघच्याउने काम गरेको दाबी गर्नुभयो।

उहाँले राष्ट्रिय सभाको नियमावलीमा विधेयक ६ महिनाभित्र र प्रतिनिधिसभाबाट आएका विधेयक ६० दिनभित्र टुङ्ग्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको जानकारी दिनुभयो।

महिला सांसदहरूले बोल्दा हुने साना गल्तीलाई लिएर हतोत्साहित नगर्न पनि उहाँले आग्रह गर्नुभयो। राष्ट्रियसभा संघीयताको प्रतीक भएको उहाँको भनाइ छ। महिला, दलित, अपाङ्गता भएका व्यक्ति र विज्ञहरूको प्रतिनिधित्व राष्ट्रियसभामा रहेको बताउनुभयो।

सम्बन्धित समाचार

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान...

पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

काठमाडौं। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त हुनुभएको छ। शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा...

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...

झापा–५ मा ३५० भन्दा बढी एमाले प्रवेश

झापा–५ मा ३५० भन्दा बढी एमाले प्रवेश

काठमाडौँ।  निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ बाट ३५०...