पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
काठमाडौं। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त हुनुभएको छ।
शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लाग्नुभएको हो। प्रलोपामा लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
नेकपाले उनलाई निष्कासन गरेको जानकारी प्रदेश सभालाई दिएको थियो। नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गरे। शर्मा सांसदबाट पदमुक्त भएको जनाएको छ।
उनलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो। निर्वाचित भएको दलले निष्कासन गरेको प्रदेश सभामा जानकारी गराएपछि सांसदबाट पदमुक्त हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ। त्यही व्यवस्था अनुसार, शर्मा पदमुक्त भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द)बाट रुकुम (पश्चिम) १ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उहाँले २० हजार १६० मत पाउनुभएको हो।
उहाँ २०७९ पुस २७ देखि २०८० चैत २१ गतेसम्म कर्णालीको मुख्यमन्त्री बन्नुभएको थियो। कर्णालीको ४० सदस्यीय प्रदेश सभामा अब ३९ सदस्य रहेका छन्।
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
सम्बन्धित समाचार
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान...
राष्ट्रियसभाका राम्रा गतिविधि सञ्चारमाध्यममा आएनन् : उपाध्यक्ष घिमिरे
काठमाडौँ। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाका राम्रा गतिविधिलाई सञ्चारमाध्यमले कम प्राथमिकता दिएको भन्दै गुनासो गर्नुभयो। फागुन २० गतेदेखि बिदा...
बढ्यो नेप्से
काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...
झापा–५ मा ३५० भन्दा बढी एमाले प्रवेश
काठमाडौँ। निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ बाट ३५०...




