मुख्य समाचार

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उहाँलाई सम्मान गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले उनलाई सम्मान प्रदान गर्दै स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरेकामा थपलियालाई धन्यवाद दिनुभयो।

उहाँले जुनसुकै विपद्का घटनामा स्थानीय नै सबैभन्दा पहिले पुग्ने हुनाले प्राधिकरणले तालिम दिएरै स्थानीय स्वयंसेवक उत्पादनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी पनि दिनुभयो।

थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाउनुभयो।

बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदीका स्थानीय र्‍याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्‍याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीलाई सहयोग गर्नुभयो।

यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौँ आइरहेको यात्रुबाहक बस बिहान करिब १ः३० बजे धादिङको भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

काठमाडौं। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त हुनुभएको छ। शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा...

राष्ट्रियसभाका राम्रा गतिविधि सञ्चारमाध्यममा आएनन् : उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाका राम्रा गतिविधि सञ्चारमाध्यममा आएनन् : उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाका राम्रा गतिविधिलाई सञ्चारमाध्यमले कम प्राथमिकता दिएको भन्दै गुनासो गर्नुभयो। फागुन २० गतेदेखि बिदा...

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...

झापा–५ मा ३५० भन्दा बढी एमाले प्रवेश

झापा–५ मा ३५० भन्दा बढी एमाले प्रवेश

काठमाडौँ।  निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ बाट ३५०...