जाडो छल्न नेपाल आएका चरा फर्किन थाले हिमालपारि
काठमाडौं। जाडो छल्न हिमालपारिबाट नेपाल आएका चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्छन्।
हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। फेब्रुअरीको अन्तिम साताबाट फर्किन थालेका ती चरा मार्च अन्तिमसम्म सबै गईसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताउनुभयो।
यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन्। जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए।
जाडो छल्न हाँस प्रजातिका कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउने गर्दछन्। वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको अध्यक्ष बिडारीले बताउनुभयो।
यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा आएर बस्ने गर्दछन् । उनका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा रमाउने गर्दछन्। नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने गर्दछन्।
यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने अध्यक्ष बिडारीले जानकारी दिए। पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञ बताउँछन्।
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा लिइन्छ।
निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन्।
यससँगै गर्मी मौसममा आउने चरा आउन थालेका छन् । अध्यक्ष बिडारीका अनुसार भारत हुँदै आउने ती चरा नेपाल छिर्न थालेका छन्।
उहाँले भन्नुभयो, ‘जाडो छल्न आएका चरा फर्किन थालेका छन् भने गर्मीमा आउने चरा आउन थालेका छन्।’ गर्मीमा आउने चराले यही बच्चा कोरलेर जाडो सुरु भएसँगै फर्किने गर्दछन्। रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...
गरगहना र नगद चोरी गरेर बेचेको आरोपमा पाँच पक्राउ
काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा गरगहना तथा नगद चोरी गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।...
बोलेरो दुर्घटना हुँदा चालकको निधन
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बा२० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित...
राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाएको...




