राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाएको बताउनुभएको छ । रास्वपाको चितवन सभालाई सम्बोधन गर्दै उनले यो लुटको साम्राज्य भत्काइने दिन नजिक रहेको जिकिर गर्नुभयो।
उहाँले हरेक क्षेत्रमा आफ्ना व्यक्ति भर्ती गरेर कमजोर बनाइएको भन्दै अब राज्य दोहन गर्न बनाइएको संरचना खारेज गरिने प्रतिबद्धता गर्नुुभएको छ।
‘दलीय सिन्डिकेट अब खारेज हुनैपर्छ । पुराना दलहरू त्यही संरचना बोकेर आइरहेको हुँदा सचेत रहेर मतदातालाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो,‘परजीविहरूको रजगज बन्द हुनासाथ देशका आधा समस्या हल हुनेछन् ।’
अर्को पाँच वर्षभित्र १ सय खर्बको अर्थतन्त्र बनाउने दलको वाचापत्रमा रहेको उल्लेख गर्नुभयो। निजीक्षेत्रलाई समेत ‘क्रोनिक क्यापिटलिज्म’को युग अन्त्य हुने बताउँदै ‘अब लगानीका लागि तयार रहन भन्नुभयो।
अब राजनीतिक दल र निजीक्षेत्रका अपवित्र साँठगाँठ सम्भव हुनेछैन’, वाग्लेले भन्नुभयो,‘तपाईंहरूको साथबिना आर्थिक रुपान्तरणको वातावरण सम्भव हुनेछैन ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...
गरगहना र नगद चोरी गरेर बेचेको आरोपमा पाँच पक्राउ
काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा गरगहना तथा नगद चोरी गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।...
बोलेरो दुर्घटना हुँदा चालकको निधन
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बा२० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित...
जाडो छल्न नेपाल आएका चरा फर्किन थाले हिमालपारि
काठमाडौं। जाडो छल्न हिमालपारिबाट नेपाल आएका चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका...




