अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गयो
बैतडी । अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् ।
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उहाँले बताउनुभयो।
अज्ञात रोगका कारण एकै घरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिनुभयो । गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ ।
Shivam Cement
अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...
सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय
काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...
कांग्रेसमा समाहित भयो बीपी कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...
`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...




