मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षा थप संवेदनशील बनेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।
शनिबार एक सन्देश जारी गर्दै सभापति थापाले मध्यपूर्वको बदलिँदो परिस्थितिबारे सुसूचित रहन र सुरक्षा सतर्कता अपनाउन त्यहाँ रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गर्नुभएको छ। “सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला,” उहाँले भन्नुभएको छ।
सभापति थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गर्नुभएको छ। नेपालीको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका कारण रोजगारी र अन्य सिलसिलामा त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई लिएर चौतर्फी चासो बढेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...
सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय
काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...
कांग्रेसमा समाहित भयो बीपी कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...
`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...




