केपी ओलीले हार्दा देशले हार्छ ; उपमहासचिव भट्टराई
दमक। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशलेनै हार भोग्नु पर्ने बताउनु भएको छ। एमाले अध्यक्ष उम्मेद्वार रहनु भएको झापाको कमल गाउँपालिकामा आईतबार आयोजीत मोटरसाईकल र्यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई बिजयी गराउन आग्रह गर्नुभयो।
अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरि रहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नु भएकाले एमाले र ओलीको जीत जरुरी रहेको भट्टराईले बताउनुभयो।
झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जिवन दिएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क रहेको बताउनुभयो।
झापा क्षेत्र नं। ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं। ७ को गेउरीयामा आयोजीत सभामा उहाले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत उल्लेख गर्नुभयो। उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...
सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय
काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...
कांग्रेसमा समाहित भयो बीपी कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...
`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...




