मुख्य समाचार

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने २३ वर्षीय प्रकाश भट्ट रहेका छन् ।

भट्टले सामाजिक सञ्जाल टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” लेखेर पोष्ट गरेर नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरी सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभयो।

उनलाई शनिबार दिउँसो साढे २ बजेको काठमाडौं महानगरपालिका ५ डबली चोक स्थितबाट पक्राउ गरेका उहाँले बताउनुभयो  । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताउनुभयो।

सम्बन्धित समाचार

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...

नेप्से ०.७२ प्रतिशतले बढ्यो

नेप्से ०.७२ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२ को बिन्दुमा कायम भएको छ। यो ०.७२...