मुख्य समाचार

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय उल्टाउदै गौतममाथि मुद्दा चलाउने निर्णय गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यसअघि चितवन खैरहनी नगरपालिका–९ घर भई कठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने गरी निर्णय गरेको थियो ।

पाटनकी उपन्यायाधिवक्ता विन्दा धामी रावलले मुद्दा नचलाउने निर्णयलाई बदर गरी मुद्दा चलाउने निर्णय गरेको बताउनुभयो । ’हामीले गत फागुन १३ गते नै जिल्लाको निर्णय उल्टाउँदै मुद्दा चलाउने निर्णय गरेका छौ,’ उपन्यायाधिवक्ता धामीले भन्नुभयो, ’गौतमले मैले सिंहदरबार जलाएको हो भन्ने भिडियो प्रमाण हरेर सोही आधार लिएर मुद्दा चलाउने निर्णय गरेका हौँ ।’‘निर्णयअनुसार मुद्दा चलाउनू भनेर जिल्लामा हामीले फाइल पठाइसक्यौं,’ उहाँले भन्नुभयो।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा गौतमले ’सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाएर भ्याइसक्यौं,’ भनेका थिए । यसरी बोले पनि आगजनी गरिरहेको भिडिओमा नदेखिएको जिल्ला सरकारी वकिलको दाबी थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गौतममाथि मुद्दा चलाउँदा भिडिओ प्रमाण पर्याप्त नभएको दाबी गरेको थियो । उक्त निर्णयको चौतर्फि विरोध भएको थियो।

गत भदौ २४ मा सिंहदरबार लगायतको सरकारी कार्यालय आगजनी भएपछि गौतमलाई घटना भएको झन्डै ५ महिनापछि माघ २२ गते पक्राउ गरिएको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनलाई फागुन ८ गते हाजिर जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...

नेप्से ०.७२ प्रतिशतले बढ्यो

नेप्से ०.७२ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२ को बिन्दुमा कायम भएको छ। यो ०.७२...