निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालयले एकीकृत सुरक्षा रणनीति तयार गरी प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको कार्यदिशाअनुसार निर्वाचन सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिँदै नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारी तीव्र बनाएका छन्।
वर्तमान निर्वाचन केही संवेदनशील अवस्थामा हुन लागेकाले मतदानस्थलको वृद्धि, विकट भूगोल र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा चुनौतीपूर्ण देखिएको विश्लेषण गरिएको छ। अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका केन्द्रमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ। न्यूनतम स्रोतसाधनको अधिकतम उपयोग गर्दै आवश्यक जनशक्ति खटाइएको र दुर्गम क्षेत्रमा पैदल गस्तीसमेत सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार एआइजीस्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा एसएसपी र एसपी नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित छ। जेनजी आन्दोलनपछि खस्किएको मनोबल उकास्दै वर्तमान नेतृत्वले सङ्गठनलाई पुनः एकताबद्ध र क्रियाशील बनाएको सुरक्षा क्षेत्रका जानकारहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले प्रतिकूल राजनीतिक अवस्था र मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले निर्वाचन सुरक्षामा केन्द्रित हुनु सकारात्मक सङ्केत भएको बताए। वरिष्ठ अधिवक्ता शिव गौडेलले विगतका चुनौती पार गर्दै प्रहरी सङ्गठन निरन्तर सशक्त बन्दै गएको उल्लेख गरे।
प्रहरी प्रधान कार्यालयले प्रविधिमैत्री सुरक्षा योजना, सूचना सङ्कलन प्रणाली सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारलाई प्राथमिकता दिएको जनाएको छ। देशभर वरिष्ठ अधिकृतहरू प्रत्यक्ष रूपमा खटिँदै उच्च मनोबल र स्पष्ट रणनीतिसहित निर्वाचन सुरक्षामा सक्रिय रहेका छन्। सुरक्षा निकायको दाबीअनुसार लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा नेपाल प्रहरी दृढतापूर्वक उभिएको छ।
ताजा अपडेट
-
१.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
-
२.
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
-
३.
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
-
४.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
५.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीनेकपाले मौन अवधिमा पार्टी नेतृत्व र उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। निर्वाचनको मौन...
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार राति क्षिरेश्वरनाथ...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...




