मुख्य समाचार

उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीनेकपाले मौन अवधिमा पार्टी नेतृत्व र उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।

निर्वाचनको मौन अवधिमा नेकपा र तारा चिन्हबाहक उम्मेदवारबिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुटो सामग्री प्रचार भएकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिब गणेशमान पुनले विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन्।

पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरि बनाइएका नक्कली भिडियो बन्द गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको नेकपाले जनाएको छ।

‘देश जलाउने, जेनजी युवाहरुको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको’ दाबी सो पार्टीले गरेको छ।

यस्ता गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण ठहरसमेत नेकपाले गरेको छ।

वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न पनि आग्रह गरिएको छ।

नेकपाले यस प्रकारका अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन पनि आग्रह गरेको छ।

‘सत्य, तथ्य जाँच र मतदाताको सचेत पहलले मात्र यस्ता भ्रमपूर्ण प्रचारलाई परास्त गर्न सकिने छ,’ पुनले भनेका छन्, ‘पार्टीका सबै समर्थक तथा शुभेच्छुकलाई यस्ता कुनै पनि झुठा प्रचारको तत्काल प्रतिकार गर्न तथा सधै सत्य र न्यायको पक्षमा उभिन आह्वान गर्दछु।’

सम्बन्धित समाचार

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...

निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा

निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा...

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ

काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार राति क्षिरेश्वरनाथ...