मुख्य समाचार

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताउनुभयो।

उहाँले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताउनु भयो । उहाँकाअनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । उहाँले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो।

वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम राम्रो नै रहन्छ । यद्यपि वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । र बादलसँगै तुवाँलो पनि छ यसमा किनभने वर्षा नभएको लामो समय भयो । त्यो तुवाँलो पनि थुप्रिएको छ । त्यसकारण निर्वाचन प्रभावित हुनेगरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन । मतदानको दिन राम्रै मौसम हुने देखिन्छ । निर्वाचनको दिनको हकमा सबैतिरको मौसम सफा नै छ । आजको जस्तै बादल लाग्नेजस्तो बदली हुनसक्छ । त्यस्तो बदली भयो भने आत्तिहाल्नु हुदैन । केही ठाउँमा हावा चल्ने हुनसक्छ । त्यसको लागि बुथहरुमा टेन्टहरु अलि बलियो गरी बाध्ने हुनसक्छ । त्यसबाहेक वर्षा हुने र हिमपात हुने कुनै सम्भावना छैन । मौसम सफा नै रहनेछ ।’

आउँदो शनिवारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...