मुख्य समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न आम मतदातालाई अपिल गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष ९फ्रि एण्ड फेयर० बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले मतदातालाई अल्छी नगरी मतदान केन्द्रमा जान आग्रह गर्नुभएको हो । योग्य उम्मेदवार छनोट गर्न र देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उहाँको भनाइ छ ।

आयुक्त जबराले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई आ–आफ्नो ठाउँबाट अनुशासित र बफादार भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । निर्वाचनको समयमा एकआपसमा झैझगडा, आरोप–प्रत्यारोप नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै जनाले आआफ्नो ठाउँबाट अनुशासित र बफादारीताले आफूलाई सुम्पिएका काम पूरा गर्नुपर्छ । एक आपसमा झैझगडा नगर्ने, आरोप,प्रत्यारोप नगर्नुहोला । आम मतदाताले फागुन २१ गते आफ्नो जुन मतदाता मतदान गर्ने आफ्नो एउटा राइट्स हो, त्यसको १०० प्रतिशत प्रयोग गर्नुहोला । त्यसमा कुनै अल्छी मान्ने होइन, भोट गर्नुपर्छ त्यसले एउटा आफ्नो क्षेत्र, प्रदेश र देशको निकास दिन्छ । योग्य उम्मेदवार छान्नुस् । शान्तिपूर्ण फ्री एण्ड फेयर इलेक्सनमा सहयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु ।’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदातालाई निर्धक्क भएर योग्य नेतृत्व चयन गर्न आह्वान गर्दै आएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...