मुख्य समाचार

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो।

मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो।

पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताउनुभयो। ‘चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत स्वर्गीय वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहेको बताउनुभएको थियो। प्रदूषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उहाँले बताउनुहुन्थ्यो’, उहाँले भन्नुभयो।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणी भएको बताउनुभयो। नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उहाँको बुझाइ छ।

स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो। निकुञ्जका सूचना अधिकारी मगरले भन्नुभयो,‘यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन। अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ।’

घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र छ, जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ। हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ।

विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...