निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का आधा दर्जन मतदान केन्द्रमा बुथ कब्जा हुँदा पनि सुरक्षा नपाएको भन्दै नेकपा परित्याग गरेको उम्मेदवार साहले बताउनुभयो।
‘बौदामाई नगरपालिकाको वडा नम्बर १,२ ३ मा अल्पसंख्यक बुथ कब्जा गरिएको छ। म मेरो प्रतिनिधिलाई फर्किन आग्रह गर्छु। राजपुर नगरपालिका वडा नम्बर ३ लगायतका ठाउँमा बुथ कब्जा गरिएको छ। मैले चुनाव जित्ने अवस्था भएर पनि प्रहरी प्रशासनको मौन धाँधली भयो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शान्ति सुरक्षा दिन सक्नु भएन। नेकपा परित्याग गरेको घोषणा गर्दै छु,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब मै नेकपा परित्याग गरेको छु।’
कांग्रेसका कार्यकर्ताको उदण्डतामा प्रशासनले साथ दिँदा प्रचण्ड र माधव नेपालसँग कुरा गर्दा पनि आफूले सुरक्षा नभएको उहाँको गुनासो छ।
बुथ कब्जा भएका मतदान केन्द्रको मतदान स्थगित गरेर पुनः मतदानको व्यवस्था नमिलाएर मतगणना लगायतका कार्यमा सहभागी नहुने उनको भनाइ छ। मतदान केन्द्रमा कांग्रेसका नेता कार्यकर्ताले आफू र आफ्नो बुथ प्रतिनिधिमाथि दुव्यवहार भएको बताए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...




