मुख्य समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गम क्षेत्रबाट मतपेटिका छिटो र सुरक्षित रूपमा संकलन गर्न हवाई साधन प्रयोग गरिएको जानकारी दिनुभयो।

आयोगका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सबै मतपेटिका बिहीबार नै हेलिकप्टरमार्फत सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य राखिएको छ।

यस्तै संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्ला लगायत अन्य दुर्गम जिल्लाका मतपेटिका भने शुक्रबार बिहानसम्म सम्बन्धित स्थानमा पुर्‍याइने भण्डारीले बताउनुभयो।

सडक सञ्जालको पहुँच कम तथा भौगोलिक रूपमा विकट क्षेत्रबाट मतपेटिका संकलन भएलगत्तै मतगणना प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

भण्डारीका अनुसार मतदान कार्य समाप्त भएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार तुरुन्तै मतगणना सुरु गरिनेछ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...