गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६ नम्बरको ट्रकले ना२८प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उहाँले बताउनुभयो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको परिचय नखुलेको खड्काले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न ट्रक चालक भक्तपुरको भक्तपुर नगरपालिका–७ का ४२ वर्षीय आशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
सम्बन्धित समाचार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...
रुकुम पूर्वमा प्रचण्ड विजयी
काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...




