काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा९एमाले०का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासले आफूहरु अत्यन्तै कृतज्ञ भएको उल्लेख गर्दै यो परिणाम कुनै व्यक्तिगत विजय नभई यस क्षेत्रका नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...




