मुख्य समाचार

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताउनुभएको छ।
नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर काँग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उहाँले स्वीकार गर्नुभएको हो । जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको शुरुवात काँग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उहाँको भनाइ छ । रास्वपाले देशमा निराशा मात्रै छ र आफूहरू आएपछि सबै कुरा गर्न सकिन्छ भनेर स्थापित गर्न खोजेको लोकरिझ्याँइको भाष्यलाई चिर्न नसक्नु काँग्रेसको अर्को ठूलो कमजोरी भएको शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसारमा दुई वटा कुरा एकदमै निश्चित हुन्छ, मृत्यु र परिवर्तन । मान्छे परिवर्तन रोजिरहन चाहन्छ । यो पटक निर्वाचनमा जाँदै गर्दा जेन–जी मुभमेण्टले चाहे पछाडि को–कोमा र के–केमा परिवर्तन भयो भन्नेकुरा मतदाता समक्ष स्थापित गर्न सकिएन । निराशा मात्रै छ र हामी आयौँ भने सबै कुरा गर्नसक्छौँ भनेर स्थापित गर्न खोजिएको जुन भाष्य साथीहरूले गर्नुभयो, त्यसलाई चिर्न सकिएन । नेपाली काँग्रेस पार्टी रूपान्तरित भएको छ र नयाँ अनुहारहरू थुप्रै लिएर गएको छ भन्ने स्थापित गर्न सकिएन ।’ देशमा केही राम्रा कामहरू पनि भइरहेका छन् भन्ने यथार्थलाई स्थापित गर्न नसक्दा नयाँ दलहरूले त्यसको फाइदा उठाएको उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौँ। भदौ २ र २४ मा घटेको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।...

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...