मुख्य समाचार

झापाका ३ ठाउँमा आगलागी

काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको गौरीगञ्ज, भद्रपुर र गौरादहमा आगलागी भएको प्रहरीले जनाएको छ।

​गौरीगञ्ज गाउँपालिका–६, भारु चोकमा तुलसी साहको जस्तापाताले बनेको एक कोठे किराना पसलमा आइतबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको थियो। आगलागीबाट पसल, भित्र रहेका किराना सामान र ४ हजार नगद गरी २ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

​भद्रपुर नगरपालिका–९, बुद्धटोलका मकरध्वज आङदेम्बेको भान्साघरमा दिउँसो चुलोबाट आगो सल्किएर आगलागी भएको छ। जस्ताको छानो र बाँसको चित्राले बेरेको भान्साघरमा आगलागी हुँदा ग्यास सिलिन्डर, अन्नपात, लत्ताकपडा, फर्निचर र एउटा साइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

​आगो प्रहरी चौकी घोडामारा, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा दिउँसो नै नियन्त्रणमा आएको छ। आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

त्यस्तै गौरादह नगरपालिका–७, सूर्योदय टोलका पुष्पलाल चौलागाईंको गाई गोठमा विद्युत सर्ट भई आगलागी भएको छ।

आगलागीबाट ग्वालीभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो।

​प्रहरीका अनुसार तीनै स्थानमा भएको आगलागीमा मानवीय र चौपाया क्षति भने हुन पाएको छैन।

 

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...