विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ।
रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाउनुभएको होर
पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको उल्लेख छ।
त्यस्तै, एसएमएस १ लाख ७५ हजार, मतदाता नामावली खरिद ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ५५ हजार, अन्तर्क्रिया ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको निर्वाचन आयोगमा पेस गरेको विवरणमा उल्लेख छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...
बढ्यो नेप्से
काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...




