न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ।
सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताउनुभयो।
महिलाहरूले पारिवारिक र पेसागत जीवनको सन्तुलन मिलाउँदै ‘ग्लास सिलिङ’ तोडेर अघि बढेको उहाँले बताउनुभयो। उहाँले महिलाको सफलता केवल योग्यताको मात्र नभइ दृढ निश्चय र धैर्यताको प्रतिफल भएको बताउनुभयो।
यद्यपि, समाजले अझै पनि महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको बताउनुभयो। सबै सामाजिक अवरोधहरूलाई चिरेर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भाषा आयोगका सदस्य मानन्धरको निधन
काठमाडौँ। भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको निधन भएको छ। मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार उहाँको निधन...
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी...
विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...




