मुख्य समाचार

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ।

बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम अर्यालले बताउनुभयो। कैद भुक्तान गरिसकेपछि उनलाई रिहा गरिएको अर्यालले जानकारी दिनुभयो। ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि गुरुङलाई डिल्लीबजार कारागार पठाइएको थियो।

गुण्डा नाइकेका रूपमा परिचित मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो।

२०८१ कात्तिक २० गते सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई ५ वर्ष कैदमा राख्नुपर्ने उच्च अदालत पाटनको फैसला सदर गरिदिएको थियो। यसअघि उहाँ उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते पक्राउ परेका थिए। तर, ८ महिनामै कैदमुक्त भएपछि दुई पटक गण्डकी प्रदेश सांसदमा निर्वाचित हुनुभएका मनाङे ६ पटक मन्त्रीसमेत बन्नुभएको छ।

२०७५ वैशाख ६ गते पक्राउ पर्नुपहिले नै उहाँ सांसदमा निर्वाचित भइसकेका थिए। तर, शपथ खान पाउनुभएको थिएन। प्रहरीले उहाँलाई फरार सूचीमा राखेको थियो।

२०७४ सालको निर्वाचनमा उहाँ मनाङबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो। उहाँलाई पहिलोपटक सांसदमा निर्वाचित हुँदा नेकपा एमाले ले साथ दिएको थियो। एमालेको साथ पाएपछि नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गर्दै पहिलोपटक सांसदमा निर्वाचित हुनुभएको थियो।

सांसद निर्वाचित भएपछि पनि शपथ लिनै उपस्थित नभएका मनाङेलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको थियो। उहाँ डिल्लीबजार कारागार चलान हुनुभएको थियो।

कारागार पुगेपछि उहाँले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्नुभयो सुरुमा सर्वोच्च प्रशासनले म्याद नाघेको भन्दै दर्ता गर्न अस्वीकार गरेको उनको निवेदन इजलासको आदेशपछि दर्ता गरेको थियो।

सम्बन्धित समाचार

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य...