मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।
प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको उल्लेख छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम उनको तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले बिहीबार आयोगमा उक्त खर्च विवरण दर्ता गराएका हुन्।
कोइरालाले बुझाएको विवरण हेर्दा चुनावमा सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखिन्छ। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा मात्रै १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको छ। यसैगरी, निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र कलम, फाइल, फोटोकपी पेपरलगायतका स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा शुभेच्छुकको खाजा र खानामा ९६ हजार ६ सय ६० रुपैयाँ खर्च भएको छ। त्यस्तै, पार्टी तथा भ्रातृ संस्था परिचालनका लागि यातायाततर्फ ७९ हजार, प्रचार कार्यालय सञ्चालनार्थ टेन्टको व्यवस्थापनमा ४० हजार र आवश्यकता अनुसारको मसलन्द सामग्री खरिदमा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...
बैतडीमा दुई महिला मृत फेला
बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी...




