गोरखा दुर्घटना : मृत १० जना नै भारतीय नागरिक
काठमाडौँ। शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ।
मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गएराति गोरखाको सहिद लखन गाउँपालिका ३ कान्टारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर बिकका अनुसार दुर्घटनामा परेर अन्य सात जना गम्भीर घाइते भएका छन्।
माइक्रोमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरु सबै भारतीय नागरिक भएका बिकले बताउनुभयो।
मृतक ५ जना पुरुष र २ जना महिला छन्। घाइते सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गाडी अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
गाडीका चालक र सहचालकबाहेक सबै भारतीय नागरिक हुन्। मृतकहरुको सनाखत हुन बाँकी छ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, गोरखाको टोली पनि उद्धारमा खटिएको थियो।
शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा
काठमाडौँ। इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले...
ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना
कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...




