मुख्य समाचार

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्‍यो दरखास्त आह्वान

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका थिए। चौहानले राजीनामा दिएपछि कान्तिपुरले नयाँ प्रधान सम्पादक नियुक्त गर्न दरखास्त आह्वान गर्दै सूचना जारी गरेको हो।

जसमा नयाँ आउने प्रधान सम्पादकको भूमिका र जिम्मेवारी के हुने भनेर खुलाइएको छ। योग्यतामा वरिष्ठ नेतृत्वमा कम्तिमा ५ वर्ष र समग्रमा कम्तिमा १५ वर्ष व्यावसायिक पत्रकारिता गरेको अनुभव हुनुपर्ने उल्लेख छ। शैक्षिक योग्यता आमसञ्चार तथा पत्रकारिता वा मान्यताप्राप्त अन्य विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्ने भनिएको छ। साथै नेपालको अर्थतन्त्र, राजनीति, समाज, प्रविधि र युवा पुस्ताबारे गहिरो ज्ञान भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ।

आवेदन दिँदा तीन वटा कार्यअभ्यास पनि समावेश गर्नुपर्ने छ। कान्तिपुर दैनिकको प्रधान सम्पादकको भूमिका किन चाहेको, तथा सम्पादकीय नेतृत्व र दृष्टीकोणलाई कसरी विकास गर्ने भन्ने विषयमा उल्लेख हुनुपर्नेछ। साथै आवेदकले आफूले गरेको सबैभन्दा गर्व लाग्ने ३ देखि ५ वटासम्म पत्रकारिता वा सम्पादकीयक कामको उदाहरण पनि समावेश गर्न भनिएको छ। प्रत्येक उदाहरणमा आफूलाई ती काम किन गर्व लाग्छ भनेर पनि छोटो टिप्पणी लेख्नुपर्नेछ।

आवेदन दिँदा कान्तिपुर दैनिकमा हालै प्रकाशित एउटा उत्कृष्ट र एउटा कमजोर समाचार छनोट गरी त्यसको समीक्षा गर्नुपर्ने बताइको छ। उत्कृष्ट समाचारमा के राम्रो र कमजोर समाचारमा के कमजोरी छ भनेर औंल्याउँदै सुधार गर्न के गर्नुपर्छ भन्ने सुझाव पनि उल्लेख हुनुपर्ने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ। कान्तिपुर दैनिकको प्रधान सम्पादकले कान्तिपुर दैनिकसँगै इकान्तिपुर डटकमका लागि सम्पादकीय नेतृत्व गर्नेछन्। आवेदन दिन चैत १५ गतेसम्मको समय तोकिएको छ।

सम्बन्धित समाचार

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ। सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...