दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय गरेको हो।
त्यसैगरी सरकारले युद्धप्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावास रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, म्यान्मा, मस्कट, इस्लामाबाद, कायरो र तेल अभिभ तथा नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र...
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत हुनुभएको छ। प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी...
धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो
काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...
कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...




