रुखको हाँगाले लागेर एक जनाको मृत्यु
काठमाडौँ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण रुखको हाँगो झरेर लाग्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो।
मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।
घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...
संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...
फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने...




