मुख्य समाचार

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

काठमाडौँ। पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

गत फागुन १० गते विशेष अदालतले ७८ लाख रुपैयाँ बिगो कायम भएको उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने (थुनछेक) आदेश दिएको थियो । अख्तियारले उक्त ५ लाखको धरौटी आदेशलाई ’बेरीतको’ (कानुनसम्मत नभएको) दाबी गरेको छ ।

अख्तियारले श्रेष्ठसमेत संलग्न रहेको यस भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गरी २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

सम्बन्धित समाचार

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्नुभएको छ। मंगलबार...

जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न डोलप्रसाद अर्यालको आग्रह

जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न डोलप्रसाद अर्यालको आग्रह

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह...