मुख्य समाचार

पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ।

यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उहाँले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा औँल्याउनुभयो।

‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने देखिएको छ । मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,’ उहाँले भन्नुभयो, `सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ ।’

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उहाँले यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताउनुभयो ।

‘यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ । यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समय सम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ,’ उहाँले भन्नुभयो।

महामन्त्री पौडेलले वैकल्पिक ऊर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत समेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भइरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गर्नुुभयो।

‘वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ । यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उहाँले भन्नुभयो।

पेट्रोलमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सक्नुपर्ने भन्दै उहाँले बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गर्नुुभयो।

सम्बन्धित समाचार

सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव

सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव

काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्नुभएको छ। मंगलबार...