मुख्य समाचार

सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव

काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘संकल्पन’ पुस्तकको आज यहाँ लोकार्पण गर्र्दै उहाँले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो।

‘विसं २०१५ मा पनि नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर बीपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो। त्यसले पूरा समय काम गर्न पाएन। हालको जनमत त्यसरी खेर नजाओस्’, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो,‘देश, संविधान, लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस्। संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन। प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो। मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उहाँले अब विगतका गल्ती नदोहोर्‍याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राख्नुुभयो।

पूर्वमन्त्री डा रिजालले लोकतान्त्रिक व्यवस्थामा सूचना प्रविधिलाई गलत मनसाय राखेर नियमन गर्ने वा प्रतिपक्षविनाको राजनीतिक प्रणालीको कल्पना गरिनु उचित नहुने बताउनुभयो।

सम्बन्धित समाचार

अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ

अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ

काठमाडौं। काठमाडौँमा महिलामाथि अभद्र व्यवहार गर्ने एक ‘याङ्गो’ का राइडरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७, चाबहिल...

पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह

पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...