मुख्य समाचार

पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

बैठक यही चैत्र ६ गते शुक्रबार दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।

‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ दुललले भन्नुभयो।

कांग्रेसमा चुनावको परिणामपछि आन्तरिक विवाद बढ्दै गएको छ।

चुनावमा पराजय भएपछि असन्तुष्ट पक्षले सभापति गगन थापाको राजीनामा माग्न थालेको छ। सभापति थापाले पनि पराजयको नैतिक जिम्मेवारी दिँदै राजीनामा दिने मनस्थिति बनाएका उनी निकट नेताहरूले बताउँदै आएका छन्।

तर, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले भने थापाले राजीनामा दिनुनपर्ने बताउने गरेका छन्।

 

सम्बन्धित समाचार

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको एउटा घरमा बुधवार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आगलागीको घटनामा...

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...