संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब अमेरिकी डलरको अपिल गरेका छन् । यस योजनाले यमनभरिका १ करोड २० लाख मानिसहरूलाई जीवनदायी सहायता प्रदान गर्ने लक्ष्य राखेको छ । जसमा चरम भोकमरी, गम्भीर कुपोषण, विस्थापन, रोगको जोखिम वा आधारभूत सेवाहरूको अभाव झेलिरहेका ९० लाखभन्दा बढी मानिसहरू समावेश छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवका उप–प्रवक्ता फरहान हकले दैनिक ब्रिफिङमा द्वन्द्व, आर्थिक गिरावट, विस्थापन, रोगको प्रकोप र जलवायु झट्काका कारण मानवीय आवश्यकताहरू निरन्तर बढिरहेका बताउनुभयो।
२ करोड २० लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ । भोकमरी गम्भीर अवस्थामा छ १ करोड ८० लाखभन्दा बढी मानिसहरूले चरम खाद्य असुरक्षाको सामना गरिरहेका छन् । पाँच वर्षमुनिका २० लाखभन्दा बढी बालबालिकाहरू गम्भीर रूपमा कुपोषित छन् । आधारभूत सेवाहरू धराशायी हुँदैछन्, लगभग ४० प्रतिशत स्वास्थ्य सुविधाहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् वा बन्द छन् ।
ताजा अपडेट
-
१.
श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास
-
२.
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
-
३.
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
-
४.
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
-
५.
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...
मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
चैते दसैँको आज घटस्थापना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका...




