मुख्य समाचार
५ चैत २०८२ १२:३४
खबर सेवा · More from author
दुई सय पाँच गोही नदीमा छाडियो
खबर सेवा
चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् ।
गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन् । कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा एक हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन् ।
त्यसैगरी बबइ नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उहाँले जानकारी दिनुभयो । हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन् । झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ । गोही छाडिएका नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ ।
तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो । नदीमा छाडिएका बच्चा न्यून सङ्ख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन् । कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन् । नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ ।
ताजा अपडेट
-
१.
यस्तो देखिए प्रमाणपत्र लिँदा समानुपातिक सांसद
-
२.
स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
३.
एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
-
४.
५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव
-
५.
दुई सय पाँच गोही नदीमा छाडियो
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
३.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
४.
एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना
-
५.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
सम्बन्धित समाचार
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...
५ चैत २०८२ ९:४८
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...
५ चैत २०८२ ९:४७
मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...
५ चैत २०८२ ९:४६
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
५ चैत २०८२ ९:०५




