मुख्य समाचार

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्नुभयो।

उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो।

“फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा र निर्वाचन यही चैत २९ र ३० गते हुने भएको छ।...

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ। कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी...

दुई सय पाँच गोही नदीमा छाडियो

दुई सय पाँच गोही नदीमा छाडियो

चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका...