यी स्थानमा आज हावाहुरीसहित वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने विभागले जनाएको छ ।
विभागका अनुसार भोलि (६ गते शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। यस्तै, पर्सि (शनिबार) पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागको अनुमान छ।
हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले जारी गरेको सूचनामा भनेको छ,‘ भोलि चैत्र ०६ गते (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटररसेकेण्ड वा करिब ११९ किमिरघण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
३.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
४.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
५.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
सम्बन्धित समाचार
कति छ तरकारीको मूल्य?
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा...
साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं। माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमकाबीच...
दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी२० लिग बेल्जियम खेल्ने
काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी...
प्रधानमन्त्रीको शपथ चैत १३ मा
काठमाडौँ। प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने,...




