मुख्य समाचार

ठूलो परिमाणको लागुऔषधसहित १ पक्राउ

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो।

उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

उहाँकाअनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए।

पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले बताए।

सम्बन्धित समाचार

वर्षाले काठमाडौंका सडकमा जाम

वर्षाले काठमाडौंका सडकमा जाम

काठमाडौँ।  काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा शहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ। वर्षाका कारण माइतीघर, पुतलीसडक र तीनकुनेलगायत...

ईदमा गृहले दियो शनिबार सार्वजनिक बिदा

ईदमा गृहले दियो शनिबार सार्वजनिक बिदा

काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...