मुख्य समाचार

नेविसंघको चेतावनी :- विद्यार्थी संगठन खारेज गरे खरानी हुन्छौँ

काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरू खारेज गरे सरकार खरानी हुने चेतावनी दिएको छ। शुक्रवार काठमाडौँमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले उक्त चेतावनी दिनुभएको छ। विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर मिडिया ट्रायल भइरहेको उहाँले बताउनुभयो।

त्यस्तो गलत काम नयाँ सरकारले गरे आगोको गोलामा हात हाले सरह हुने र त्यसबाट खरानी हुने उहाँले चेतावनी दिनुभयो।

शेर्पाले भन्नुभयो, ‘विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर मिडिया ट्रायल गरिरहेको हामीले सुनिरहेका छौँ। विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर नेविसंघलाई सर्वोच्च अदालतले पनि मान्यता दिएको छ। त्यसैले म भन्न चाहन्छु – आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला। त्यो आगोको ज्वालाले तपाईंहरू भस्म हुनुहुन्छ।’

अध्यक्ष शेर्पाले काँग्रेसभित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको तर्क गर्नुभयो।

सम्बन्धित समाचार

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको...

यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे

यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति...

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

काठमाडौँ। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...