सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान् चाड ईद ९ईद–उल–फित्र० पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले ईद ९ईद उल फित्र० पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वासपनि व्यक्त गर्नु भएको छ । सन्देशमा भनिएकोे छ, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”
ईद ९ईद–उल–फित्र०पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहीआएको छ । –––
ताजा अपडेट
-
१.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
२.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
३.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
-
४.
मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ
-
५.
मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति...
इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
काठमाडौँ। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम...




