७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु
जुम्ला। जुम्लामा ७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिएकोमा उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहान ८ः१० बजे ल्याइएको थियो भने ९ः४५ बजे चिकित्सकले मृत घोषणा रेका थिए । प्रहरी निरीक्षक निर्देश बरालका अनुसार महिलाको टाउको र आँखामा चोटपटक लागेको थियो ।
उनका आफन्त धिरबहादुर वडले टाउकोमा धारिलो हतियारले प्रहार गरी घरमै राखेको अवस्थामा छिमेकीले घटना थाहा पाएका थिए । टाउकोको घाउसँगै आँखामा समेत चोट देखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा गएको छ ।
सम्बन्धित समाचार
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
नवनिर्वाचित सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छः कमला पराजुली
काठमाडौँ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक...
मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था दुःखद् रहेको...
नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छः तपबहादुर मगर
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताउनुभएको...




